गेल्जेन दोर्जीसहित ११ जनाको रक्षाका लागि आङकाजीले नेतृत्व लिँदै

आदिवासी नेता आङकाजी शेर्पाले नेपालको झण्डा जलाएको अभियोगमा पक्राउ परेका गेल्जेन दोर्जीसहित ११ जनालाई शुक्रबार भेटेका छन् ।

नेपालको झण्डा जलाउँदै बाहुन-क्षेत्री समुदायमाथि प्रहार गरिएको भिडियो गीत सार्वजनिक गरेको आरोपमा पक्राउ परेका दोर्जीसहितका ११ जनालाई प्रहरीले काठमाडौंको सोह्रखुट्टेमा राखेको छ ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका शेर्पाले शुक्रबार साँझ सोह्रखुट्टे पुगेर उनीहरुको अवस्था बुझेका हुन् ।
यो कुरा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले दोर्जी बेखर्ची भएकोले आफूले ५ हजार रुपैयाँ सहयोग दिएको र फेरि सहयाेग संकलन गरी सहयोग गर्ने बाचा गरेको बताए ।

दोर्जीसहितका पक्राउ परेकाहरुलाई कानुनी प्रतिरक्षाका लागि आदिवासीहरुको वकिलको समूह लाहुर्निपका शंकर लिम्बू, आदिवासी अधिवक्ता दीपक राई र नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालसँग फोनमा कुराकानी भइरहेको शेर्पाले जनाएका छन् ।

उनले हेटौडामा रहेकी दोर्जीकी बहिनी र मंगाेलन नेशनल अर्गनाइजेसनका साथीहरुसँग समेत आफ्नाे कुराकानी भइरहेको खुलाएका छन् ।

दोर्जे नेतृत्वको टिमले नेपालको झण्डा जलाइदिएपछि हाल झण्डामाथि बहस चलिरहेको छ ।

दोर्जेले नेपालको झण्डा जलाउँदा उनलाई पक्राउ गर्ने राज्यले केकको नेपालको नक्सा बनाएर खाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चाहि किन कारबाही नहुने ? भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको छ ।

दोर्जे र प्रधानमन्त्री ओली दुवैमाथि कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Show More

सम्बन्धित सबै

Back to top button