नेपाल आइडल सिजन ३ को सज्जा चौलागाई बिजेता भएकी छिन् ।

नेपालको पहिलो म्यूजिकल रियालिटी शो नेपाल आइडल सिजन ३ को सज्जा चौलागाई बिजेता भएकी छिन् । नेपाल आइडलको उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसै गरी फस्ट रनरअप हुँदै प्रविण भेटवालले १५ लाख र सेकेण्ड रनरअप हुँदै किरण कुमार भुजेल ले ५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । लकडाउन नभएको भए गत चैत्र भ्याइने नेपाल आइडल सिजन–३का रोकिएका कार्यक्रम तीनसाता अघि पुनः सूचारु भएको थियो ।
कोभिड–१९का कारण सामान्य रुपमा नै ग्रान्ड फिनाले कार्यक्रमको आयोजना गरिएको हो । सिजन–१ र सिजन–२ को क्रमश बुद्ध लामा र रवि ओडले चुमिसकेका छन् ।

उनी नेपाल आइडल सिजन ३ काे उपाधि जिते सङ्गै नेपालकाे पहिलाे महिला विजेता पनि बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Show More

सम्बन्धित सबै

Back to top button