गाउपालिकाको सिफारिसमा एम्बुलेन्सले यात्रु ओसारपसार

दैलेखको भैरवी गाउँपालिकाको एम्बुलेन्सले लकडाउनको उल्लंघन गरि यात्रु ओसारपसार गरेको पाइएको छ । लकडाउनको समयमा विरामि भन्दै रिजर्भमा अन्य यात्रु बोक्ने गरेको खुलेको हो ।

मंगलवार उक्त एम्बुलेन्सले पाँच जना यात्रु बोकेर नेपालगन्ज जाँदै गर्दा दैलेखको रानिमत्तामा प्रहरीले नियन्त्रणमा लिएको छ । भैरवी गाउँपालिकाको भे १ झ २८९ नम्बरको एम्बुलेन्सलाई रानीमत्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

गाउँपालिकाको एम्बुलेन्सको दुरुपयोगमा जनप्रतिनिधिको पनि संग्लनता रहेको पाइएको छ । भैरवी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष देवि भण्डारीको सिफारिसमा उक्त एम्बुलेन्स मंगलबार नेपालगन्ज जान लागेको खुलेको हो । सिफारिसमा बिरामि लिएर जाने भनिएपनि एम्बुलेन्समा कोहि पनि बिरामी नभएकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सले नेपालगन्ज घर भएका ४ जनालाई लिएर जान लागेको रानीमत्ता प्रहरी चौकीले जनाएको छ । वडाध्यक्ष भण्डारीले भने बिरामी भएपछि नेपालगन्ज जानका लागि गाउँपालिका अध्यक्षसंगको सल्लाहमा सिफारिस दिएको दावी गरिन् ।
तर यसभन्दा अघि पनि गाउँपालिकाको एम्बुलेन्सको दुरुपयोग गरिएको खुलेको छ । उक्त एम्बुलेन्स केही दिनअघि सुर्खेतबाट पनि यात्रु बोकेको पाइएको हो । स्रोतका अनुसार सुत्केरीको नक्कली कार्ड बनाएर सुर्खेतबाट सुर्खेतबाट रिजर्भमा उक्त एम्बुलेन्स भैरवी गाउँपालिका ७ मा कुसापानिमा लगिएको हो । ‘करिव एक वर्षअघि सुत्केरी भएकि महिलाको नक्कली सुत्केरी कार्ड बनाएर एम्बुलेन्स भैरवी पुगेको हो ।’ स्रोतले भन्यो, ‘रिजर्भ गरेर प्रि पेड गरेर मात्रै एम्बुलेन्स रातारात दैलेख लगिएको हो ।’

प्रतिक्रिया दिनुहोस

Show More

सम्बन्धित सबै

Back to top button