विश्व शान्ति घोषणाको ८औं वार्षिक स्मरणार्थ अनलाइन जुम मार्फत भव्य रुपमा सम्पन्न

मे २५, २०२१ अर्थात जेठ १२ गते  एचडब्ल्यूपीएलले  विश्व शान्ति घोषणाको  ८ औं वार्षिक स्मरणार्थ अनलाइन जुम मार्फत भव्य रुपमा मनाएको  छ।

उक्त कार्यक्रममा  विश्वभर १५० देशका करीव ३,००० मानिसहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रम हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट ( एचडब्लूपीएल) नामको अन्तर्राष्ट्रिय शान्ति गैरसरकारी संस्थाद्वारा वार्षिक रुपमा यस संस्थासंग आवद्दित संस्थाहरू, अन्तराष्ट्रिय शान्ती युवा समूह (आईपीवाईजी) र अन्तराष्ट्रिय महिला शान्ति समूह (आईडब्ल्यूपीजी) को सहकार्यमा आयोजित गरेको थियो ।

अफ्रिका, युरोप र एशिया प्रत्येक क्षेत्रद्वारा वर्गीकृत युवा तथा महिला संगठनहरुद्वारा समर्थित शान्ति क्षेत्र निर्माण परियोजनाहरुका लागि अन्तर्राष्ट्रिय साझेदारीका धेरै मुद्दाहरू सहित, यस वर्षको कार्यक्रमको उद्देश्य विश्वव्यापी सह-अस्तित्व र सद्भावका लागी नागरिक नेतृत्वमा शान्ति निर्माण पहललाई बढावा दिन सहयोग गर्नको लागि छलफल गर्ने अनि अहिलेको वर्तमान महामारी युगमा घृणा, द्वन्द्व, गलतफेमली, र संचारको अभावबाट उत्पन्न विश्वव्यापी चुनौतिहरू पार गर्ने लक्ष्य राखिएको थियो।

मे २५, २०१३ मा उक्त कार्यक्रममा विश्व शान्तिको घोषणा गरिएको थियो, जसमा शान्तिका लागि अन्तर्राष्ट्रिय कानून स्थापना गर्न प्रत्येक राज्यको सहयोग र शान्तिको सूचना प्रशारण गर्न मिडियाको भूमिका मात्र नभई युवा र महिलाद्वारा सक्रिय शान्ति आन्दोलनमा समावेश थिए, जसले आफूलाई युद्धको सबैभन्दा ठूलो पीडितबाट शान्तीका लागि ठूला भूमिका निर्वाह गर्ने व्यक्तिमा रूपान्तरणतर्फ प्रयासमा जुटेका थिए ।

यस शान्ति पहलमा विगत ८ वर्षदेखि करोडौं विश्वव्यापी नागरिकले समुदायको आवश्यकता पूरा गर्न सार्वजनिक नीतिहरू प्रस्तुत गर्न शिक्षा, राहत, र फोरम लगायतका शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि स्थानीय रूपमा अनुकुल हुने शान्ति परियोजनाहरूको प्रवर्धनमा भाग लिएका छन्, एचडब्ल्यूपीएलले बताएको छ।

इराकमा हम्मुराबी मानव अधिकार संगठन (एचएचआरओ) का अध्यक्ष पास्कले ईशो वर्दा, जसलाई २००४ देखि २००५ सम्ममा संयुक्त राष्ट्र संघद्वारा आप्रवासन र विस्थापन मन्त्रीको रूपमा नियुक्त गरिएको थियो, उनले आईडब्ल्यूपीजीको सहयोगमा महिला र बालबालिका विरुद्ध हुने हिंसा रोक्ने कानून परियोजना पेश गरेका थिए।

शिक्षा मार्फत शान्ति गतिविधिहरूको महत्त्वको बारेमा, उनले भनिन्, ” हामीले सबै जनालाई शान्तिको साधन बन्न, दैनिक जीवनीबाट बलियो बनाउने, कहिले कहिँ जीवनको सरल मामलाबाट, आफैबाट व्यक्तिगत शान्ती सुरु गर्नको लागि मार्गदर्शन गर्ने तरिका सिक्न जरुरी छ, परिवारमा र अरूसँग पनि । ”

नर्वेमा रहेको सबै बर्मा भिक्षु प्रतिनिधि समितिका महासचिव अश्विन हतावाराले २००७ मा स्यफ्रोंन रेवोलुशनलाई भोग्नुभएकोले भने,  तीनवटा एचडब्ल्यूपीएल पीस पुस्तकालय म्यानमारको पायापोनमा स्थापना गरिएको थियो र चौथो पुस्तकालय हालै तयार भइरहेको छ।

“म्यानमारमा बालबालिकाहरुका लागि निकै कम पुस्तकालयहरू छन्। म यी साना बालबालिकाहरूलाई आशा दिन चाहन्थे | भविष्यमा, यो पुस्तकालयहरुले शान्ति शिक्षा, शान्ति गतिविधिहरू, र शान्ति अभियानहरू सञ्चालन गर्नेछ, र हामी शान्ति प्राप्त गर्न सहयोग पुग्ने सबै कुरा गर्नेछौं,” उनले भने।

यस कार्यक्रमले युक्रेनमा २१ वटा देशबाट १,००० सहभागीहरूका साथमा वृक्ष रोपण अभियान जस्ता शान्ति गतिविधिका लागि विश्वव्यापी सहभागिताको समर्थन गरेको थियो र मालीमा नागरिक र नीति विज्ञहरूबीच शान्ति नीति प्रस्ताव वार्तालाप भएको थियो जहाँ हालसालै भएको द्वन्दले सामाजिक अशान्ति उत्पन्न भएको थियो ।

“यस दिनमा हामी नै हौँ जसले शान्ति स्थापना गर्न र हाम्रो विश्व विनाश हुनबाट जोगाउन सबै आवश्यक कुराहरू गर्नुपर्दछ। युद्ध शब्दहरूको साथ अन्त्य हुने होइन, तर यो हाम्रो व्यावहारिक कार्यहरूको साथ अन्त्य हुन्छ। मलाई विश्वास छ कि यो हासिल गर्न सकिन्छ, किनभने हाम्रो विश्वमा कोही पनि छैन जो शान्ति हेर्न इच्छा गर्दैन,” एचडब्ल्यूपीएलका अध्यक्ष मान ही लीले जोड दिए।

प्रतिक्रिया दिनुहोस

Show More

सम्बन्धित सबै

Back to top button