पत्रकारहरुको सारथी बन्दै प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वली

 जयपती ढकाल – प्रेस युनियन बाँके कोभिड १९ को जोखिमको यो घडीमा पत्रकारहरुका लागि विशेष साथि र हातेमालो गरेको छ प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वली पत्रकारहरुको सारथि बन्नु भएको छ ।

आफैमा पनि एक कुशल संगठनक र पत्रकारहरुमा असल नामले परिचीत नाम हो अर्जुन वली । फिल्डमा खटिने पत्रकारहरुको नियमित पिसिआर स्वास्थ्य परीक्षण, निशुल्क गर्न जिल्ला प्रसाशन बाँकेलाइ माग गर्दै पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आवश्यक सामग्रीको उपलब्धता, अप्ठ्यारामा परेका पत्रकाहरुलाई विभिन्न स्वास्थ्य सामाग्री लगायतका विषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मबल बढाउनका लागि अर्जुन वलीले अभिभावकीय भूमिका निर्वाह गरेको प्रष्ट छ र देखिन्छ । यसैगरी जटिल अवस्थामा पनि अनेकौ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चार लाई योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चारमाध्यमवाट कोरोना सक्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्दै अहिले चर्चामा नाम छ अर्जुन वली ।

कोरोना भाइरसको संक्रमण नेपालमा दोस्रो चरणमा प्रवेश गरिसकेकोले अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुले उच्च सावधानी अपनाउनु पर्ने बेला आएका वेला पत्रकारहरुको घरमै पुगि समस्या बुझ्ने र स्वास्थ्य सामाग्री दिदै आउनु भएको छ । जस्तोसुकै असहजतामा पनि चुनौतीको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रका अग्रभागमा रहेका सत्यतथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै विश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य पुनः एक पटक उजागर हुन पुगेको छ । संकटपूर्ण अवस्थामा जिम्मेवारपूर्णढंगले पत्रकारिता गरिरहनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा प्रेस युनियन बाँके र अध्यक्ष अर्जुन वलि धन्यवाद र प्रोत्साहन गर्दै आएको मैले देखेको छु । यो अवस्थामा पत्रकारहरु, जो अग्रपंक्तिका पात्रहरु हुन्, तिनीहरु अझ बढी गम्भीर र सचेततापूर्वक प्रस्तुत हुन जरुरी छ ।

हाम्रो आफ्नो स्वास्थ्य सुरक्षा सबैभन्दा पहिलो र ठूलो विषय हो । आफू सुरक्षित हुँदै समाज र देशभरका हरेक व्यक्तिलाई कसरी सुरक्षित हुने भन्ने सन्देश र सूचना प्रवाह गर्ने दायित्व रहेको पटक पटक आफ्नो सामाजिक संजाल मार्फत सुचित गर्दै आएको पनि प्रष्ट छ । यो चुनौती र संकटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न तीन वटै तहका सरकार, राज्यका सवै निकाय, सबै राजनीतिक दल, नागरिक संघ संस्था , पेशाकर्मी, व्यवसायीलगायत सबैमा प्रेस युनियन बाँके प्रेस वक्तव्य निकाल्दै थप टेवा पुर्याउन सफल भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

Show More

सम्बन्धित सबै

Back to top button