दिदीबहिनी आत्मिक सेवा सम्पन्न

२३ फागुन २०७७, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, केन्द्रिय महिला विभागले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “चुनौतीहरुको छनौट” भन्ने नारा सहित आयोजना गरेको दिदीबहिनी आत्मिक सेवा शालेम प्रार्थना मण्डलीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केन्द्रिय महिला विभागको प्रमुख डोमा राईले गर्नुभएको थियो भने सुरुको प्रार्थना स्थानिय मण्डलीका पा. जर्न राईले गर्नुभएको थियो ।    उक्त सेवामा केन्द्रिय महिला विभागका पदाअधिकारीहरु र उपत्यकाका विभिन्न मण्डलीका दिदीबहिनीहरुको बृहत उपस्थिति रहेको थियो ।

केन्द्रिय महिला विभागको प्रमुख डोमा राईले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको सथै चुनौती पनि दिनुभयो । आराधनाको अगुवाइ शालेम प्रार्थना मण्डलीको क्वायर झूण्डले गर्नुभएको थियो भने संचालन सहसचिव चित्ररेखा ओझाले गर्नुभयोे । साथै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विभिन्न विभाग र पदाअधिकारीहरुको निम्ति प्रार्थना गरिएको थियो । ललितपुर महिला विभाग उपाध्यक्ष एस्थर लामाको प्रार्थनाद्वारा सेवाको समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Show More

सम्बन्धित सबै

Back to top button